हराएछ बिबेक नै, यहाँ मुढे बल देखे
सत्यतालाई पछि पार्ने, शकुनिको छल देखे
जस भित्र निश्वर्थ र, सत्यताको छबि थियो
त्यसै भित्र मिसिएको, दुर्गन्धित ढल देखे
लगाएथ्यौ दु: ख गरी, बालि नालि खाने आसमा
काट्ने बेला असिनाले, चुटेको त्यो नल देखे
पाउने छैनौ नेपालिले, सुख शान्ति अब यहाँ
जन्मिएछ फेरी जङ्गे, रगतको भल देखे
पराईको ईशाराले, देश सधै पछि पर्यो
आफै मिलि काम गर्दा, यसैमा नै हल देखे