हराएको प्रीतलाई बल्झाउन खोजें
चुंडिएको मालालाई अल्झाउन खोजें
पुराना ती यादलाई कोट्याएर फेरी
बिर्सिएको अतीतलाई सम्झाउन खोजें
धेरै भयो नभेटेको टाढा हुँदा मन
हराएको आशालाई,बिउंझाउन खोजें
नङ् मासु जस्तो मायाँ बादलुले ढाक्दा
विगतका भूलहरू सिध्याउन खोजें
लत्याएर सबै कुरा खिज्याउन खोंजे