हाँसी हाँसी जिएँ प्रीत मनकै परेलीमा !
गाँसी गाँसी सिएँ जीत मनकै परेलीमा !!
आउ तिमी उर्लिएर बनि बिशाल नदि झैँ !
टाँसी टाँसी दिएँ हीत मनकै परेलीमा !!
छाउ तिमी झांगिएर बनि आकाश बेली झैँ !
माँसी माँसी पिएँ शीत मनकै परेलीमा !!
गाउ तिमी कुर्लिएर बनि आक्रोस ज्वाला झैँ !
नाँसी नाँसी लिएँ मीत मनकै परेलीमा !!