हतारको काम थियो ।
चक्का जाम थियो ।
नव शिशु को धर्तिमा
आउनु पर्ने ठाम थियो ।
तर........
सडक भरि टायर बालेर
मुर्दाबाद को लाम थियो ।
सडक मा मुर्दाबाद गर्नेको
हिजो हातमा लगाम थियो ।
नव शिशुको अवसान हुदा
टुलू टूलु हेर्ने हराम थियो ।
नेताहरुलाइ शुभ साम थियो ।