हत्केला ले छेकिएथ्यौ मैले हात समाइ भगाउदा,
लजावती देखिएथ्यौ तीमिलाई बेहुली मा सजाउदा ।।
लगन बाधी डोली चढाइ जन्म जन्म साथ रहने,
शर्माए झै देखिएथ्यौ मैले सिउदो तीम्रो रङ्गाउदा ।।
सत्य नै हो ढाट्या होइन झुटो बोले मरी जाउ म,
परी जस्तै देखिएथ्यौ तीमिले साडी चोली लगाउदा ।।
घुम्टो खोल्दा तिम्रो आचल भरी न्यानो श्वास पाएथे,
दुलही झै देखिएथ्यौ अन्जुलीमा मैले माया उघाउदा ।।
ग्रिहिणी झै देखिएथ्यौ तीमिले चुरा पोते मगाउदा ।।