हात्ती छाप र बाटा चप्पल, हिजोसम्म लाको देखे ।
गिट्ठा भ्यागुर सिस्नो ढिडो, छाकटार्नलाई खाको देखे ।।
दिनहुको पिढा मनले हजुर, राजनितीमा हात लगाइ ।
गाउ गाउ जनता सङ्ग भोट्, माग्न गाको देखे ।।
पिर ब्यथा बुझ्ला भन्दै, एक एक मतले हजारौमा ।
बिजय को उद्घोष हुँदै, अविर माला लाको देखे ।।
जनता लाई झुक्याएर उनले, स्वार्थ भर्दै परिवारमा ।
घमण्डले चुरीफुरी जता ततै, हिरामोती छाको देखे ।।
देश लुट्या सम्पत्ति ले, ब्वासा जस्तै भाको देखे ।।
गिट्ठा भ्यागुर बिर्षिएर, केएफसी र बुर्गर चाख्दै ।
त्यही मान्छे प्राडो चढि, आफ्नै गाउमा आको देखे ।।