हिड्दा हिड्दै थाक्यौ भने, त्यहि आउछे तिम्री शान्ति
पिडा भित्र पाक्यौ भने, त्यहि आउछे तिम्री शान्ति
मेरो माया लत्याएर, तड्पाउन कतै तिम्ले
दिलमा अरु राख्यौ भने, त्यहि आउछे तिम्री शान्ति
छिनभरमै छुटिजाने, देखावटी माया भित्र
रमाई पराई ताक्यौ भने, त्यहि आउछे तिम्री शान्ति
अग्नि देउता साक्षि राखि, फेरा लिदै खाको कसम
बिर्सि अर्कै भाक्यौ भने, त्यहि आउछे तिम्री शान्ति
तिम्लाई सानो चोट लाग्दा, पिडा हुने गर्छ मलाई
मात्र मनले डाक्यौ भने, त्यहि आउछे तिम्री शान्ति