हिजो आज भयभित जिन्दगी बाचिरहेछ मान्छे
दिन दिनै शंशकित जिन्दगी बाचिरहेछ मान्छे
भोली काहा के हुने हो थाहा छैन कसैलाई
यस्तै यस्तै आतंकित जिन्दगी बाचिरहेछ मान्छे
रित्याउदै लादा खेरी भित्र भित्रै खोक्रो आदर्शले
विस्तारै त्यो संक्रमित जिन्दगी बाचिरहेछ मान्छे
के–के गर्ने कसो गर्ने भन्दा भन्दै बितेछ समय
पत्तै नभै अनिर्णित जिन्दगी बाचिरहेछ मान्छे
हेर्दा हेर्दै अनिश्चित जिन्दगी बाचिरहेछ मान्छे