हिजो आज यसैगरी रहरहरु बनिरहेका छन्
वालुवाको थुप्रोमा शहरहरु बनिरहेका छन्
भत्किन्छ थाहा छ सपनाका यी घरहरु
र पनि सपनामा घरहरु बनिरहेका छन्
स्वार्थले घेरेर होलान् सारा मनहरुको
किनारामा दिनदिनै बगरहरु बनिरहेका छन्
सोच्दैछु म हाम्रो प्रेम कहासम्म रहला
किनकि छुटाउनलाई जहरहरु बनिरहेका छन्