हिजो दिउसो रेस्टुरेण्ट्मा उसै सित चर्दै थियौ
नसाले झुम्दै झुम्दै उस कै नजिक ,सर्दै थियौ!
शहरको रमझम अनी तडक भडक देखाउदै
जुनी जुनी सङै जिउने बाचाहरु ,गर्दै थियौ !!
तीन चार बोतल पिलाई दियोउ ,बेहोस् भएर लड्दा
थाहानपायझै पैसाझिकी , आफ्नो खल्ती भर्दै थियौ !!
पिउदा पिउदै दुई जनै ढलेछौ तेहिनिर
साँझको त के कुरा रात सँगै टर्दै थियौ !!
तुक्रीयको मेरो मुटुमा ,नुन खोर्सानी छर्दै थियौ !!