हिजोका ति आशा उमंगले, हामिलाई छाडिसक्यो
मन भित्रका भरोसाहरु, रसातलमा गाडिसक्यो ।
आश्वासनका कैयन थाक,अतितमा बाँडिसक्यो
मुलुक गयो भड्खालामा, उस्ले रवाफ झाडिसक्यो ।
एकता अनि सद्भावलाई,दिन दहाडै फाडिसक्यो
अनेकताहरुको बिचबाट, सवैलाई माडिसक्यो ।
अनेकतामा शक्ति देख्न, जनताले छाडिसक्यो
सचेत होउ जन मनमा, चेतले जरो गाडिसक्यो ।