हिजो राति सपनिमा, भिरबाट झरेको देखे
पुरेतले हतारिदै, बैतरणि गरेको देखे
रगताम्य शरिरलाई, काखमा लिदै बाबा आमा
खोल छोरी आँखा खोल, भन्दा झन मरेको देखे
रुन सबै रुदै थिए, बस्दै लासको वरिपरी
जुनिभरी हुर्काउनेलाई, मेरै खाँचो परेको देखे
निर्दयि त्यो यमराजले, साहरा यो खोस्यो भन्दै
बेहोसिमै उठ्दै आमा छर्न, मानो चामल भरेको देखे
छेउतिर बन्दै थियो, मलाई राख्ने बाँसको डोलि
शखं फुक्दै बिदाई गर्न, फुल अबिर छरेको देखे