हिलै हिलो बीच पनि कमल फूल्ने गर्छ
काँडै बीच गुलाफ रही सुगन्ध छर्ने गर्छ
कोइलीको सुरिलो स्वर कहिँ बिछोडको दर्द हो कि
भँवरा त निर्मोही हो सँधै फूल बदल्ने गर्छ
रविको प्रचण्ड तापले डढेछ कहिँ आफै पनि
प्रितम कहिँ दियो भए पुतली जल्ने गर्छ
झरनाको बेग पनि कहिँ पहाड रो को हो कि
बोझ भए कहिँ अति पहिरो पर्ने गर्छ
मौषम पनि थकित भए चोला फेर्दा फेर्दै
फूल फूले बसन्तमा शिशिरमा झर्ने गर्छ