हिउदमा खहरे सुक्नु स्वभाविक हो,
बल्झेका चोट तिँ दुख्नु स्वभाविक हो ।।
सडकमा भलाद्मि हिडेको देखे पछी,
भुस्याहा कुकुर भुक्नु स्वभाविक हो ।।
अरुको कुभलो चाहने मान्छेलाई,
दुनियाँले थुक्क ! थुक्नु स्वभाविक हो ।।
दम्भ कहिल्यै गर्दैनँ निको मान्छे,
जुझारु पाईला रुक्नु स्वभाविक हो ।।
निश्चल आत्मियता लुक्नु स्वभाविक हो ।।