हो गहुगोरी बाटुली मन पराउने तिम्रो बानीले
हदै त्यहि उत्ताउली मन पराउने तिम्रो बानीले
हिजो भर्खर उडाएछ तिम्रो अर्धाङ्गीनीलाई पनि
सधै अर्काको बेहुली मन पराउने तिम्रो बानीले
घरकीलाई सधै सानी मात्रै सोच्दो रै छौ तिमी
रत यसै छोडी ठुली मन पराउने तिम्रो बानीले
न यता न उताको भयौ आखिरमा हेर त तिमी
बेकारमा घरमुली मन पराउने तिम्रो बानीले
तर्सिन्छौ देख्दा बिजुली मन पराउने तिम्रो बानीले