होसियार राष्ट्रघाती, जनता उठ्दैछ
सचेतक नेपालीको, जमात जुट्दैछ
निमुखा र भोकानांगा, खोज्दै यो अधिकार्
शोषणको बिरुद्दमा, ज्वाला यो छुट्दैछ
रुक्ने छैन आश्वासनले, अती भो अब त
जनतामा भाषाणको, विश्वाश टुट्दैछ
चेतनाको दीयो बाली, एक हौं नेपाली
संघियता भन्दै यहाँ, देश यो फुट्दैछ
सिमानामा सामन्तिले, बस्ती त्यो लुट्दैछ