हुने खानेलाई सधैंभरि खिर भो जिन्दगि
हुँदा खानेलाई रोटि पोल्ने झिर भो जिन्दगि
कसैलाई तरबार भयो कसैलाई दरवार
माझी दाइलाई त्रिसुलिको तीर भो जिन्दगि
दुखियालाई घोटीएर बाँच्नु पर्ने सधैँ
कैले सम्म मैदान कैले भिर भो जिन्दगि
फेरिन्छ भन्थे एकदिन गरिबको चोला
प्रत्येक साँझ-बिहान पिर भो जिन्दगि
प्रबाशमा स्वदेशको तस्बीर भो जिन्दगि