आई एम साँरी सुन्तली अलिकति चडाई आ'छु,
यो झुकेको गर्दनलाई अलिकति ठडाई आछु ।
अति भा थ्यो सिन्के साला,मै हू भन्थ्यो तिन्के दादा,
झ्यापको तालमा च्याप समाई, कोई लाई उडाई, कोई लाई ढलाई आ'छु ।
जाहा जान्छु पुवर -बेकवार्ड भनि लास्टै रयाक गर्थे सुन्तली,
"ह्वाट ईज इन नेम" सोध्दै सबका गाला तताई आछु ।
प्लिज बोर नगर नाँन्सेन्स क्वेश्चन सोधि, होयर ईज जनेउँ-जुत्ता सोधि,
स्टुपिड्स् हरुलाई आज रियल लेस्शन पढाई आछु ।
घरमा मात्र नाम थियो, नाम मात्रको नाम थियो,
"द ग्रेट कान्छो" बनि आज, डार्लिङ्ग, नामको भ्यलु बडाई आछु ।
साला, सधै नाच्थे उन्को गीतमा, आज सबलाई आफ्नो गीतमा नचाई आछु ।
कुरा छोड के-के भयो,को-को गयो, के रहयो,
धामीले डम्फो बजाए भन्दा बडि, सबका बाजा बजाई आछु ।