ईज्जत पक्कै जान दिन्न, सबै मिलाउदै छे तिम्री सानि
टालो माथि फेरी टालै, हालि सिलाउदै छे तिम्री सानि
प्राण मात्र धान्ने हो नि, मिठो दाल भात चाहिदैन
ढिडो खान पुग्दैन त, खोले पिलाउदै छे तिम्री सानि
जाल झेल गरी खोसी, खाको त्यो पारीको खेतबारी
फिर्ता गरी खनजोत, गराई जिलाउदै छे तिम्री सानि
सधै औशि रहदैन घुम्दै, आउछ नि त्यो पुर्णिमा नि
लुटिएका ति अधिकार, दिलाउदै छे तिम्री सानि