ईमान्दारी कहाँ छन र? यहा मैले देख्न पाईन ।
आमाहरु को आशु खस्दा यहाँ मैले छेक्न पाईन ।।
अधिकार र गासको लागी छातीभरी गोली थाप्दै ।
देशको लागि मर्ने हरुलाई यहाँ मैले भेट्न पाईन ।।
चेली हरुको सिउदो पुछ्द्दै गरीबी को खुन चुस्ने ।
शासक हरुलाई चुलेसिले यहाँ मैले रेट्न पाईन ।।
निर्धो माथि शासन लादी भ्रष्ट बन्ने नेता लाई ।
फुल्न नपाई कोपिला मै यहाँ मैले मेट्न पाईन ।।
जरै सङ्ग उखेलेर सधैं यहाँ मैले खेद्न पाईन ।।