जाग सारा नेपाली हो काम थाल्न पर्ने भयो,
निभेको त्यो दियोलाई फेरी बाल्न पर्ने भयो ।
मै हु भन्ने बाघहरु स्याल बन्दै गए पछि
बाकी र'का फ्याउरालाई तान्दै फाल्न पर्ने भयो ।
फैलाई छाडे अशान्ति त्यो देशमा स्याल कराएर
मुख बन्द गराउन यो चाल चाल्न पर्ने भयो ।
भ्रष्टचारका साना दुला झन ठुला पो बनाएछन्
पुरै देश भासिएला ति दुला टाल्न पर्ने भयो ।
पितललाई सुन ठानि ठुलै गल्ति गरेका छौ,
सुन खोज्दै बालुवामा त्यस्लाई गाल्न पर्ने भयो ।