जानेनजानेका नाना गुड्डी र गफ चुट्नै पर्यो,
यसकै बलमा दुनियाँको दिमाग पनि भुट्नै पर्यो ।
अचम्मको गणित रै'छ राजनीतिको गणित साथी,
जुटी हिसाब नमिले त मिलाउन फुट्नै पर्यो ।
गाडी इन्धन आवास अनि अरू धेरैधेरै कुरा,
जुनीभरका यी सुबिधा जुटाउन जुट्नै पर्यो ।
कसले छाड्थ्यो यस्तो मौका नघुमेर देश-विदेश?
घरी यता घरी उता विमान चढी छुट्नै पर्यो ।
मन पर्ने जग्गा चाहियो मन हर्ने महल चाहियो,
धेरै ठाउँमा उध्र्यो पनि उध्रिँदा त खुट्नै पर्यो ।
लुट्न पा'को वेला हजुर मोज र मस्ती लुट्नै पर्यो ।