जानीजानी करेसामा, सिउँडीको बोट लगायौ !
मेरो यो जिन्दगीलाई जुठो पार्न, ओठ लगायौ !!
बुझ्नु पर्ने भन्दा पनि, बेसी बुझ्ने मान्छे तिमी !
छातीभित्र मुटु हुन्छ ! त्यहीँ किन चोट लगायौ?
आफूचाहिँ दूधैदूधले, नुहाएकी मान्छे हौ कि?
हैन भने भन किन, नाना थरी खोट लगायौ?
माया गरे जस्तै गरी, दुखाउने मन रै'छ !
त्यसैले त बारम्बार, मर्ममाथि घोट लगायौ !!
ठाँटबाँट पनि बढ्दै गा'छ, उसैमाथि कोट लगायौ !!
छक्कै पर्छु यति विघ्न, अहङ्कारी भैसकीछ्यौ !
नत्र किन सिङ्गै 'सागर', किन्छु भनी नोट लगायौ?