जब बुझेर अन्जान बन्छन् त्यहाँ!
गाउँ, शहर सम्सान बन्छन् त्यहाँ!
देश लुट्नेको ताँती छ हेर अचेल!
हो गरिबकै चिहान बन्छन् त्यहाँ!
लास कुचेर ठुला बन्दछन् त्यीनी!
भिरे बन्दुक बल्वान बन्छन् त्यहाँ!
साँचो बोल्छ,झूटोले पोल्छ भन्छन्
सत्य भित्ताका कान बन्छन् त्यहाँ!
गजलका गुण गान बन्छन् त्यहाँ!