जबर जस्ती मेरै साथमा बस्न खोज्छ त्यो ।
त्यसैले त यो हृदय भित्र पस्न खोज्छ त्यो ।
म लाचारी छु र त एक्लौटी हुन चाहन्छु,
आखिर किन? यस्तो म संग फस्न खोज्छ त्यो ।
मेरो मायाँमा खोट छ, थाहा पाएर पनि,
बुझ्दैन कठै ! मुटु भित्रै पो कस्न खोज्छ त्यो ।
दाग लागेको छ मेरा सारा ईज्जतमा नै,
अवगत छ, सुकिला आँखा रस्न खोज्छ त्यो ।
अंश्रु हुँ म त सबैको लागि यो संसारमै,
फेरी किन हो? बिल्न म संगै खस्न खोज्छ त्यो ।