जाँदैछु आज, फर्किएर हेर्दिन परदेशलाई
गर्नु गर्यो आज, तर्किएर हेर्दिन परदेशलाई।
चोट दियो पिडा दियो कति धेरै आज
बगाउँदै आँशु, धर्किएर हेर्दिन परदेशलाई।
लुट्नु लुट्यो श्रमको भाउ कती धेरै यहाँ
ड्युटीले गर्दा, लर्किएर हेर्दिन परदेशलाई।
खान्छु भन्छ अझै जुठो श्रमिकको मूल्य
सुन पानीले, छर्किएर हेर्दिन परदेशलाई।
अब उसको छेउ, थर्किएर हेर्दिन परदेशलाई।