जग बसाउछौ भने मायाको छाना बन्न तयार छु
सुमुधुर संगित सगै मदहोसी गाना बन्न तयार छु
यदि तिम्ले मेटिदिन्छौ भने जिन्दगीमा भोक मायाको
सबै कुरा बिर्सिएर म त्यहि खाना बन्न तयार छु
ल्याउछौ भने मेरै समिप्यमा जिवन त्यो तिम्रो सानु
हासी खुसी सुरक्षित राख्ने त्यो थाना बन्न तयार छु
मेरै हातमा सबै बैंश राजिनामा गर्छौ भने तिमी
जिन्दगीको तमसुकमा तिम्रो पाना बन्न तयार छु