जल्दैछु म तिम्रो मिठो यादको रापले ।
गल्दैछु म भित्र भित्रै ब्यथाको चापले ।।
सपना नै बन्यो हाम्रो मायाको झुपडी ।
ढल्दैछु म त्यही पापी मोरिको श्रापले ।।
कसरी खै मैले मुख देखाउ समाजमा ।
छल्दैछु म मेरो आँग लागेको छापले ।।
नहुनु थ्यो भयो गल्ती सम्झेर दिन्कै ।
बल्दैछु म आफ्नै गल्ती पश्चातापले ।।
चल्दैछु म रेट्दै जीवन खुकुरी दापले ।।
जल्दैछु म तिम्रो मिठो यादको रापले ।
गल्दैछु म भित्र भित्रै ब्यथाको चापले ।।