जमरा र आशिर्बादको, सार मिलोस यो दशैँमा ।
हत्या हिंसा अराजकको, पार मिलोस यो दशैँमा ।
थाल भरि टीका सुकाई, प्रदेशिलाई कुरि बस्ने,
बा आमालाई चयनको, भार मिलोस यो दशैँमा ।
हुँदा खाने र हुने खाने, बिचको यो असमानता,
समयको जन्जीरलाई, हार मिलोस यो दशैँमा ।
बिखण्डनको बाटो रोज्ने, हाम्रो देशको शासकमा ।
एकता र सदभावको, धार मिलोस यो दशैँमा ।
रमाउनेलाई भवानिको, तार मिलोस यो दशैँमा ।