जनता ताक्ने सङ्गिनले, आफ्नै मुटु रोपी हेर ।
स्वार्थ देख्ने रङ्गिनले, आफ्नै आँखा छोपी हेर ।।
सामन्त लाई ढाल्नयहाँ, एक्लो सन्तान गुमाए ।
आमा रुदा हास्ने हरु, आफ्नै आशु पोखी हेर ।।
एउटा ब्वासो मास्ननपाई, फेरी तीमी जन्मियौ ।
न्याय जोख्ने तराजुमा, आफ्नै मन जोखी हेर ।।
अन्याय को बिरुद्दमा, न्याय माग्न खोज्ने लाई ।
किन ताक्छौ बन्दुकले, आफ्नै छाती ठोकी हेर ।।
सुनामी झै उर्ले जनता, सक्छौ भने रोकी हेर ।।