जनता हामी रुवाइ छाडे देशका नेताले ।
सबैको आसुँ चुहाइ छाडे देशका नेताले ।।
असान्त पारी मुलुक हाम्रो बिगारे द्वन्दले
गरीबी बाटो खुलाइ छाडे देशका नेताले ।
समुन्द्र पारी पठाई दिए भोलिका आधार
भबिस्य त्यसै डुबाइ छाडे देशका नेताले ।
बिधान फेर्ने कुरामा कुरै चलाए हुरिमा
बिचमा सबै धुलाइ छाडे देशका नेताले ।।