जनताको इच्छाहरु अनायसै ढलेपछि
रांकिदैंछन् भित्रभित्रै शब्दहरु बलेपछि
लोकतन्त्र, गणतन्त्र नेपालीले ल्याका थिए
क्रुद्दभा'छन् षड्यन्त्रका गोटीहरु चलेपछि
बाघ्को छाला स्यालको रजाँई भने जस्तै भयो
वर्षौंदेखि संबिधान लेख्छु भन्दै छलेपछि
खुईया हाल्छन् सुस्केरामा आजभोली नेपाली
आकांक्षाको नलीखुट्टा भित्रभित्रै गलेपछि
ढाल्छन् अब फेदैबाट होस् गर ए नेताहरु
अमृत् फल्ने वृक्ष रोप्दा बिष मात्रै फलेपछि