जानाजानि चोट लाउदा, घाँउ पक्कै हुन्छ
यदि फसल राम्रो भए, भाँउ पक्कै हुन्छ
बेसुरमा हिडे कुन्नि, लक्ष्य लिइ हिड्दा
ढिलो होला तर पुग्ने, ठाँउ पक्कै हुन्छ
बिचार आफ्नै गर्नु पर्छ, अरुको भर हुन्न
स्वार्थि मनमा खुट्टा तान्ने, दाँउ पक्कै हुन्छ
प्यास मेट्ने माया हैन, जुनि भरलाई लाए
काखमा खेल्ने त्यो बच्चाको, बाँउ पक्कै हुन्छ
यदी तिमी कसैको त्यो, प्यास हैनौ भने
चिनाउने नाम थर अनि, गाँउ पक्कै हुन्छ
स्वार्थ हैन निश्वार्थले, त्याग गर्छौ भने
ससांरमा अमर पार्ने, नाँउ पक्कै हुन्छ