जन्म दिने आमा लाई नचाऊँदैछ राजनीति ।
गरीबको खून,पसीना पचाऊँदैछ राजनीति ।
जातजातिको आगो सल्काई देश भरी हाम्रो ।
भाई भाईमा रडाको नि मचाऊँदैछ राजनीति ।
जनताको खून पसीना बाउको हो ठान्छन ।
गुंडागर्दी देशद्रोहीलाई बचाऊँदैछ राजनीति ।
कुर्चिकै पछी सबै आफ्नै दुनो सोझाउनलाई ।
हाम्रो देशको मेरुदण्ड भचाऊँदैछ राजनीति ।
आफ्नो रोग विदेशमा जचाऊँदैछ राजनीति ।