जन्म पछि मृत्यु निश्चित छ, घमण्ड किन गर्ने
मृत्यु पर्यन्त संझिने कामले, दुनिया सुवास छर्ने!!
अजम्मरी यो तन होईन, अमरत्व सु-काममा छ
इमानमा अमरत्व छ भने, सस्तो मृत्यु किन मर्ने!!
माया प्रेम नै जिन्दगीको, हो अनमोल गहना त
जान्दाजान्दै पख्लास भनि, दागा याँहा किन धर्ने!!
धरति हो यो सबका निम्ति, बिसाउने साझा थलो
जानु नै छ एक दिन छाडी, अरुको हक किन हर्ने!!
मार्ग प्रसस्त हुन्थ्यो होला, सहज त्यो बैतर्णि तर्ने!!