जन्मी हुर्की बढ्या देशको नाउँ नसोध
गर्नु पर्छ माया अब, लाउँ ? नसोध
गुन् माथि गुनै, लाउँछिन् नेपाल आमा
सक्या छैनौ तिर्न ब्याज, साउँ नसोध
आक्रमण भाको छ हाम्री, आमामाथि
कहाँ लाग्यो अस्त्र भनि, ठाउँ नसोध
वेदनाका आँशु चुहि, ताल बन्दैछ
दु:खी आमा चट्ट छाडी, जाउँ नसोध
छिद्रै छिद्र पारेकाछन् आफ्नै भन्नेले
"बिना" मलम् भैगो तिमी घाउ नसोध