जस्तो सोच्यो उस्तै हुन्छु म
आत्मियताले मन् छुन्छु म
मलाई नजिकबाट नियाल
तिम्रा दु:ख पिडा गुन्छु म
भएका चोट ब्यथाहरु सबै
आफ्नै आँशुले नै धुन्छु म
भन तिम्रा रहरहरु निर्धक्क
सागरबाट मोती चुन्छु म
भार बनेछ भने मेरो माया
आँफै थुनिने जाल् बुन्छु म
उतै झार् बनेर कुन्छु म
चुन्छु - चुन्नु, छान्नु, रोज्नु
कुन्छु - कुहिनु, सड्नु, गल्नु