जातको कुरा गर्ने भए, मलाई देख्दा तर्के हुन्छ ।
झुक्किएरै छोए हुलाँ, सुनपानीले छर्के हुन्छ।
कमजोर आफै बनेको छु, चुपचाप सहि दिउँला,
अफसोचमा गल्ति भए, मूख छाडेरै जर्के हुन्छ ।
स्वार्थी तिमी भन्दिन म, मेरै भाग्य खोट लाउँला,
सुखी जीवन मिल्छ भने, सुखी रोजेर सर्के हुन्छ ।
रगत मेरो एकै पाउ, तिम्रो नशामा दौडेको छ,
गुनको भारा तिर्ने भए, मेरै बाटो पर्खे हुन्छ ।
धेरै चंचल भयौ भने, जिन्दगानी भर के हुन्छ ।