जता जता फूल हुन्छ भमरा झैं डूल्दैछौ रे?
एता काँडा अनी उता गुलाब भै फुल्दैछौ रे?
तर्कि जान टाढा हूँन बचनले हान्छौ तिमी!
विष छर्की गयौ अन्तै अमृत, मै घुल्दैछौ रे?
बाचा तिम्रो झूटो रैछ सपनाझैं तोड़ी दियौ?
अर्कै माया छाती भित्र रमाऊँ'दै हुल्दैछौ रे?
तिमी मेरो प्राण थियौ ,सर्वस्व सुम्पी दिएँ!
स्वार्थी रैछ प्रेम तिम्रो पैसमा नै भुल्दैछौ रे?
खुसी हुँदै बाहू पास ,,पराई कै झुल्दैछौ रे!