जता ततै भ्रमको बिउ छर्छन मान्छेहरु
त्यसैले त अफ्ठ्यारोमा पर्छन मान्छेहरु
शिखर चढ्ने होडबाजीमा बिर्सिएर नीति-नियम
अनि सधैं नचाहिने काम गर्छन मान्छेहरु
स्वार्थ भन्दा ठुलो कुरा छैन केहि यो संसारमा
आफ्नो लागि अरुको खुशी हर्छन मान्छेहरु
जतिसुकै सौदाबाजी गरेपनि दुनियासंग
आखिरमा यहि धर्तीमा मर्छन मान्छेहरु...!