जतीजती समाजमा मारहरु हुन्छन
मारको त के अर्थ आधारहरु हुन्छन ।
तलमाथि थिचोमिचो भेदभाब बन्दा
आधारको त के अर्थ प्रहारहरु हुन्छन ।
डाकु अनी बलात्कारी उत्पादन हुने
प्रहारको त के अर्थ बजारहरु हुन्छन ।
कहिले चोर फेरी कहिले यीनै साधुसन्त
बजारको त के अर्थ अबतारहरु हुन्छन ।
अबतारको त के अर्थ आचारहरु हुन्छन ।