जति पिडा दिए पनि आत्म हत्या गर्ने छैन
निष्ठुरीलाई चिनि सके अब भर पर्ने छैन
हेर्दै जाउ तिमि बिना बाच्न सक्छु ससांरमा
फक्रिएर देखाउने छु कोपिलामा झर्ने छैन
जिन्दगिको एक्लो यात्रा हासेर नै पुरा गर्छु
अब तिम्रो सम्झनामा आँखाहरु भर्ने छैन
जति देखाउ डर त्रास केहि हुने छैन मलाई
यहि ठाँउमा बस्छु हेर अन्त बसाइ सर्ने छैन
कोमल यो हृदयलाई ढुङ्गा पार्यौ बचनले
बचनको साटो तिर्छु हरेस खाई मर्ने छैन