जति सुबास दिएपनि झर्नैपर्ने रैछ आखिर
धरती आकाश देखेपछि मर्नैपर्ने रैछ आखिर
कहिले सुख कहिले दुख चक्रब्रती जीन्दगीको
जंघारहरु हाँस्दै रुँदै तर्नैपर्ने रैछ आखिर
आफ्नै जीबन जली यहाँ खरानीझैं बन्दापनि
दुनियालाई नौलो किरण छर्नैपर्ने रैछ आखिर
पूर्वपश्चिम उत्तरदक्षिण दश दिक्पाल दुवै ध्रुब
यो मन त्यो मन बस्तीबसाईं सर्नैपर्ने रैछ आखिर
बिबशतामा एक्लै यात्रा गर्नैपर्ने रैछ आखिर