जातोलाई झै घुमाउने, मानि बन्छौ भने
तिर्खा लाग्दा प्यास मेट्ने, पानि बन्छौ भने
किन खोज्नु सुन चादि, यदि तिमि मेरै
सौभाग्य त्यो मायाको नै, खानि बन्छौ भने
गुन देखाई स्वार्थ लुट्ने, बानि मान्छे भित्र
केही पाउने आश नराखि, दानि बन्छौ भने
जाना जानि अपराध , गर्ने छैन भन
म मा तिम्रै अधिकार छ, ज्ञानि बन्छौ भने