जवानी छरेर हुर्किछ्यौ माधुरी ।
भनेको थोरैथ्यो फुर्किछ्यौ माधुरी ।
आँखामा गाजलु पोतेर तिमी त
परेली सबै नै खुर्किछ्यौ माधुरी ।
प्रितको चाहना बोकेर मनमा
जवान सामुन्ने घुर्किछ्यौ माधुरी ।
वसन्ती जवानी मुहान रसिदा
रङ्गिन थोपामा तुर्किछ्यौ माधुरी ।
कसिलो चौबन्धी सुर्किछ्यौ माधुरी ।