जवानिको प्यास मेट्न कति अन्धो हुन्छ मान्छे
जब आखा खुल्छ उस्को सम्झि सम्झि रुन्छ मान्छे
पागल झै हिडीरन्छ जमानालाई दोष दिदै
भएभरको बुद्घि लगाई षडयन्त्र बुन्छ मान्छे
कति बच्चा अनाथ अनि सैयौ घर उजाड हुन्छ
बैरो बनि हिड्छ बरु कहाँ अर्ति सुन्छ मान्छे
समयले नेटो काटी आधा उमेर घर्के पछि
पछुताउदै मन्दिरमा देबि देउता छुन्छ मान्छे
जब आखा खुल्छ उस्को सम्झि सम्झि रुन्छ मान्छे