जे कोरे नि हुन्छ केवल सादा पाना हुँ म
धुन बिना रचिएको हेर् आधा गाना हुँ म
मिल्दैन साहारा मेरो आँगनीमा भर नपर
भत्किएको घरमा अल्झिएको छाना हुँ म
किन गर्छौ लेखाजोखा मेरै मुटु जल्ने गरी
यसै भाकामा साटिने पुरानै ति माना हुँ म
जस्तो आकार देउ जस्तो रङग सजाउ लौ
तिम्रै कलाले बुन्दै लाने आखिर् ताना हुँ म
उठेको बस्तीमा बच्या बस् एक आना हुँ म
न निल्न सक्छौ न ओकाल्न सक्छौ मलाई
बेस्वादको त्यस्तो कुनै अनौठो खाना हुँ म