झल्कोमात्रै गाउँघरको आउँदाखेरी अलिअलि
चारैतिर दशैँतिहार छाउँदाखेरी अलिअलि ।
मलाईपनि सँगै जाउँ लाग्दोहोनि मनैभरी
परदेशी यी गाउँघरतिर धाउँदाखेरी अलिअलि ।
धान पाक्यो कार्तिकमा फूल फूले बनैभरी
काली गाई सेती भैंसी ब्याउँदाखेरी अलिअलि ।
बैनी माला गाँस्दै होलिन् छोरी गीतमा नाँच्दै होलिन्
सबैजना देउसीभैलो गाउँदाखेरी अलिअलि ।
प्यारी घरमा बाउआमाको हेरविचार गर्दैछन् कि
बुढेसकालमा रोगब्याधी पाउँदाखेरी अलिअलि ।
रातैटीका जमरा'दि लाउँदाखेरी अलिअलि ।