झरेको फूललाई टिप्ने पो को हुन्छ र
भत्केको घरलाई लिप्ने पो को हुन्छ र
सबैजना ठुलै रुखको छाहरि ताप्ने गर्छन्
स साना बुट्ट्यान्मा छिप्ने पो को हुन्छ र
बजारमा राम्रा राम्रा रेडिमेड पाएपछी
घरैमा उद्रिएको खिप्ने पो को हुन्छ र
दिनदुखिले दु:ख पर्दा हुनेसग माग्दाखेरी
धनीसग भएको झिक्ने पो को हुन्छ र
सबैजना अरुकै ढाहामात्र गर्छन्
दु:ख गर्नेको पाठ सिक्ने पो को हुन्छ र