झरि भए आँशु आफै , बर्षातलाई खास के भन्नु ।
मुदा सरि जीवन बन्दा , कात्रोको त्यो लाश के भन्नु ।।
संगालेको छुट्दो रैछ , भाग्यै खोटी भई दिँदा ।
गुमाएको चिज सम्झि , भयो त नाश के भन्नु ।।
बिहान दिउँसो साँझ रात , कुन प्रहरमा चर्किएन ।
टाँसिएको आफै सँग , दुखको त्यो रास के भन्नु ।।
मान्छे जोड्छन रम्छन , अथाह धन विलासमा ।
दुई छाकको सपनालाई , छ ठुलो आष के भन्नु ।।
पलभर बिसौनीलाई सन्तोषको सास के भन्नु ।।